हेटौंडा-काठमाडौं सवारी आवागमन चार दिनसम्म रातिमा रोक

२०८२ असोज १७ शुक्रबार
सारांश
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ ।

हेटौंडा, १७ असोज । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाएको हो ।

 

प्रशासनले त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्तिलोकपथबाट उपत्यका प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधनमा रोक लगाएको छ ।

 

सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती आउजाउ गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार