- महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ ।
जनकपुर, १७ असोज । महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चुल्हाइ चौधरी रहेका छन् ।
घारीबथानबाट खैरमारा हुँदै काठमाडौं जानलागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएकाहरुमध्ये केहिको अवस्था गम्भिर रहेकोे छ ।
दुर्घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’