काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरुको संख्या बढ्दो

२०८२ असोज १६ बिहीवार
सारांश
  • विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।

काठमाडौँ, १६ असोज । हिन्दुहरुको महान पर्व वडादशैंको मुख्य दिन आज (विहीबार) साइतको टीका सकिएपछि सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ ।

 

काठमाडौं उपत्यका नजिकका जिल्लाबाट काठमाडौं फर्किने र टीका एव आशिर्वाद लिन हिडडुल गर्ने मानिसहरुको चाप बढेको छ । तीन दिनयता सुनसान देखिएका काठमाडौंका सडकमा मानिसहरुको उपस्थिति देखिन थालेको हो ।

 

सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिसहरुको संख्या पनि बढेको छ ।  विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।

 

बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ। घरमा टीका लगाएसँगै सर्वसाधारण आफन्तकोमा लगाउन जान थालेसँगै चहलपहल बढेको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार