भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

२०८२ असोज १४ मङ्गलवार
सारांश
  • चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

रौतहट: रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई  पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो । 


ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामग्री बरामद गरिएको रौतहट  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको  सामानसहित बरामद गरेको ट्रकलाई  रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।


उनका अनुसार  ट्रक चालक धादिङको गल्छी गाउँपालिका–६ का  ३० वर्षीय  विनय लामालाई पक्राउ गरिएको हो ।  भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार