एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति
२०८२ असोज ०९ बिहीवार
- नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् ।
काठमाडौँ, ९ असोज । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् ।
आन्दोलनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए ।
महासचिव पोखरेलले जानकारी दिदै भनेका छन्- 'प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ ।
त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ । अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ । आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका छन् । राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दैछ ।
आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयंसेवी भावनाका साथ परिचालित भइरहेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।