तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने

२०८२ असोज ०९ बिहीवार
सारांश
  • सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र  एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ ।

चितवन : मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको ६० प्रतिशत पहिरो पन्छाएर सकिएको छ ।

 

सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र  एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ । यसको अलावा दुवैतर्फ एक एक वटा लोडर तैनाथ अवस्थामा रहेका छन् साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ । 

 

पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ ।

 

पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने,  ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगती हुन नसकिएकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार