तुईन खोला पहिरो बारे चितवन प्रहरीको ब्रिफिङ र अनुरोध

२०८२ असोज ०८ बुधवार
सारांश
  • मंगलबार साँझ करिब ६ बजे तुइन खोला नजिक ठुलो पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिलेसम्म सुचारु हुन सकेको छैन । हाल दुवैतर्फ मुग्लिन र नारायाणघाट तर्फबाट पहिरो हटाउने काम भइरहेको छ ।

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला पहिरो सम्बन्धी पछिल्लो विवरण जानकरी गराएको छ । 

 

मंगलबार साँझ करिब ६ बजे तुइन खोला नजिक ठुलो पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिलेसम्म सुचारु हुन सकेको छैन । हाल दुवैतर्फ मुग्लिन र नारायाणघाट तर्फबाट पहिरो हटाउने काम भइरहेको छ ।

 

यस विषयमा चितवन प्रहरीले दिएको अहिलेसम्मको पछिल्लो जानकारी यस्तो छ:    

१- ईच्छाकामना वडा नम्बर ५ चितवन स्थित तुईनखोलामा पहिरो खस्ने र सफा गर्ने काम पहिलेबाटै भएको ।

 

२- पछिल्ला समय मिति २०८२।०६।०७ गते साँझ ५ बजे तुलानात्मक रुपमा ठूलो पहिरो आई दुवैतर्फबाट बाटो अवरोध भएको ।

 

३- पहिरो खस्ने क्रम कायमै रहेको हुँदा रातको अध्यारोमा पहिरो पन्छाउने तथा दिनमा पनि पहिरो खसेको बेला अवरोध हटाउने कार्यमा असहज भइरहेको ।

 

४- मिति २०८२।०६।०८ गते बिहान ०६:३० बजे बाट ४ वटा डोजर/मेसिन प्रयोग गरी पहिरो हटाउने काम भईरहेको ।

 

५- प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला सुरक्षा समितिको टोलिले उक्त अवस्थाको अवलोकन तथा उपयुक्त व्यवस्थापनमा निरन्तर खटिरहेको ।

 

६- वाटोमा अलपत्र रहेको यात्रुहरुलाई व्यवस्थापन एवम उद्धार गर्न जिल्ला प्रहरी कार्यालयले पहिरो स्थान देखि नारायणगढ भरतपुर सम्म घुम्ति यातायात सेवा संचालन गरिरहेको ।

 

अनुरोधः

१- पहिरोको परिमाण तुलानात्मक रुपमा बढी भएको हुँदा उक्त पहिरो हटाउन १ दिन भन्दा बढी समय लाग्ने हुँदा सम्भव भए सम्म वैकल्पिक मार्ग प्रयोग गरिदिनु हुन ।

 

२- वैकल्पिक बाटोको बारेमा आफ्ना साथीभाई तथा चिनजानका यात्रुहरुलाई जानकारी समेत दिनु हुन । ३. पहिरो नजिक नगई आफ्नो सवारी तोकिएको ठाँउमा व्यवस्थापन गरी ट्राफिक व्यवस्थापन एंव सुरक्षा व्यवस्थापन गरी सहयोग गरिदिनु हुन ।

 

४- चालक महानुभावहरुले आफुखुसी सवारी पार्कीङ नगरी तोकिएको ठाँउमा पार्किङ गरी सहयोग गरी दिनु हुन ।

 

५. समय समयमा जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज जिल्ला प्रहरी कार्यालय चितावनको र जिल्ला प्रहरी कार्यालय चितवनमा गई अपडेट लिनुहुन ।

 

६. सुरक्षा व्यवस्थापन तथा ट्राफीक व्यावस्थापनमा प्रहरीलाई सहयोग गरिदिनुहुन ।

 

७. बाटो खुल्ने बित्तिकै पुनः जानकारी गराईने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार