जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

२०८२ असोज ०७ मङ्गलवार
सारांश
  • कर्मचारीहरूले विरोध जनाउँदा उपमेयर साहले झन् उग्र रुपमा कुर्सी उठाएर हिर्काउन खोजेको यादवले बताए ।

जनकपुर: जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् ।


उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार (आज) पेन डाउन गरेका छन् ।
सोमबार (हिजो) घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।


सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गालीगलोज गर्न थालेको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिए ।


कर्मचारीहरूले विरोध जनाउँदा उपमेयर साहले झन् उग्र रुपमा कुर्सी उठाएर हिर्काउन खोजेको यादवले बताए ।


उपमेयर साहले मेयर मनोज कुमार साहलाई समेत गाली गरेको कर्मचारीहरुको आरोप छ । कर्मचारीहरुले उपमेयर किशोरी साहविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्ने निर्णय गरेको भण्डारण महाशाखा प्रमुख यादवले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार