तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

२०८२ असोज ०५ आइतवार
सारांश
  • पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

काठमाडौँ : मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य जारी रहेको छ ।

 

पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

 

डिभिजन कार्यालयले आज दिउँसोसम्म एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिएको छ ।

 

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार