मुग्लिन-नारायणघाट सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

२०८२ असोज ०४ शनिवार
सारांश
  • गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

काठमाडौँ, ४ असोज । गएरातीदेखि नै अवरुद्ध भएको  मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

 

सडक डिभिजन कार्यालय भरतपुरले पुर्वबाट आउने साना सवारीसाधनहरू हेटौंडा-कुलेखानी सडक र पश्चिमबाट आउने सवारीसाधनहरू कालिगण्डकी कोरिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

 

पहिरो पन्छाउनको लागि डिभिजनबाट हाल २ वटा लोडर परिचालन भैसकेको र पहिरो झर्न रोकिए छिटोभन्दा छिटो सवारी आवागमन सूचारू गरिने जानकारी कार्यालयले गराएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार