जेनजी आन्दोलनका शहिदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

२०८२ भाद्र ३१ मङ्गलवार
सारांश
  • सरकारको तर्फबाट उर्जामन्त्री कुलमान घिसिङ उपस्थिति भएर शवमा नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

काठमाडौँ :  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपतिमा अन्त्यष्टि गरिएको छ ।

 

टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा गरी अन्त्येष्टि गरिएको हो ।टिचिङ अस्पतालबाट मृतकका मृतक र हजारौं सहभागी भएर शव यात्रा गरिएको थियो । सरकारको तर्फबाट उर्जामन्त्री कुलमान घिसिङ उपस्थिति भएर शवमा नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

 

उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । 

 

सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार