- हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी भइरहेको ।
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ ।
हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी भइरहेको ।
अहिलेसम्म १० वटा शवको पोष्टमार्टम भइसकेको र आज १० जनाको अन्त्यष्टि हुने बताइएको छ ।
अहिले टिचिङ अस्पतालमा मृतकका आफन्त र शव यात्रामा सहभागी हुन जुट्नेक्रम शुरु भएको छ । आज महाराजगन्ज स्थित टिचिङ अस्पतालबाट सब यात्रा सुरु हुने र शव यात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थिति हुने हामी नेपाल संस्थाले जनाएको छ ।
सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’