सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

२०८२ भाद्र ३१ मङ्गलवार
सारांश
  • महन्थ दासले सनातन र संस्कृतिनै हाम्रो देशको धरोहर रहेको बताए ।

जनकपुर: सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धती भित्र सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गरेका छन् ।


मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत राष्ट्रमा सधैभरिका लागि अमन चैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरे ।


हिन्दू समाज नेपालका अगुवा एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले नेपालको इतिहासमै सनातन हिन्दू राष्ट्र रहेको बताए । उनले नेपाल र नेपालीको आहार र व्यवहार सनातनी रहेकोले हिन्दू संस्कृतिलेनै गर्दा देश चलिरहेको जानकारी दिए । 


महन्थ दासले सनातन र संस्कृतिनै हाम्रो देशको धरोहर रहेको बताए । उनले हरेक घर र हरेक स्थानमा कुनै शुभ कार्य हुँदा हिन्दू संस्कृति अनुसारनै पूजा अर्चना गरेर कार्य सुरु गर्ने चलन अहिले पनि व्यापक्त रहेको उल्लेख गरे ।


महन्थ दासले नयाँ पुस्ताले देखाएको पराक्रमको प्रशंसा गर्दै सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नयाँ पुस्तालाई धर्म संस्कृति बचाउन भूमिका खेल्नु पर्नेमा जोड दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार