चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते
२०८२ भाद्र ३१ मङ्गलवार
- दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ ।
हेटौडा: मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् ।
मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईको पुलबाट करिब १०-१२ फिट तल खोल्सामा खसेको थियो । दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ ।
मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।