जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अनिश्चिनकालका लागि बन्द
२०८२ भाद्र २९ आइतवार
- प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अनिश्चिनकालका लागि बन्द गरेको हो ।
विराटनगर : जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अनिश्चिनकालका लागि बन्द गरेको हो ।
आगजनीबाट प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ-
उपरोक्त सम्बन्धमा मिति २०७२/५/२४ गते मुलुकभर चलेको आन्दोलनको क्रममा आन्दोलनकारीहरू द्वारा यस कार्यालयमा गरेको तोडफोड र आगजनी का कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएको कारण यस कार्यालयबाट प्रवाह हुने सेवाग्रही लक्षित सेवाहरू अर्को सूचना नआएसम्मका लागि स्थगित रहने व्यहोरा सवैमा जानकारी गराइन्छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । सकेसम्म छिटो अविलम्व सेवा प्रदान गर्न हाम्रो प्रयत्न जारी रहेको व्यहोरा समेत जानकारी गराउदछौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’