- जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ ।
काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्म निम्न बमोजिमका सेवा दिने बताएको छ ।
१- मिति २०८२/०५/०६ अगाडी राहदानीको लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि यस कार्यालयमा मिति २०८२/०५/३१ देखि सम्पर्क गर्नुहुन ।
२- शान्ति सुरक्षा सम्बन्धी सेवाहरु यस कार्यालयबाट नियमित रुपमा संचालन हुने ।
३- राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरवारमा रहेको सेवा इकाईबाट सेवा लिनुहुन ।
४- राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिनुहुन ।
५- उल्लिखित सेवा बाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने ।
६- सेवा प्रवाह सम्बन्धी थप जानकारीको लागि यस कार्यालयबाट नियमित रुपमा सूचना प्रकाशन गरी जानकारी गराईने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’