लुटपाट भएका सामग्री खरिद बिक्री गर्नेलाई कारवाहीको चेतावनी
२०८२ भाद्र २९ आइतवार
- लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै त्यस्ता सामग्री खरिद तथा बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) ले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।
आइतबार सूचना प्रकाशित गर्दै सीआईबीले लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै त्यस्ता सामग्री खरिद तथा बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
सिआईबीले भनेको छ-
'२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा सीआईबीबाट अनुसन्धान भइरहेको र त्यस्ता सामानहरूको खरिद तथा बिक्री नगर्न नगराउनु हुन अनुरोध गर्दछौं । यस्ता कुनै जानकारी तथा सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्नुहुन वा बुझाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।