- वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो ।
काठमाडौँ: सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् ।
जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो ।
एक समुहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केहि समुहले त्यसको विरोध गरेका छन् । जेनजीको एक समुहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समुहले पनि आफ्नो नेतृत्व दाबि गरिरहेको छ ।
सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’