- देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।
काठमाडौँ, २५ भाद्र । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।
काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ ।
त्यस्तै ललितपुरको नख्खु कारागार र काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारगारका साथै झापा, सोलखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्की जिल्लाका विभिन्न कारगारबाट कैदीबन्दीहरू भागेका छन् ।
प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् । कास्कीको कारागारबाट ३७४ जना कैदी भागेका छन् । महोत्तरीको जलेश्वरस्थित कारागारबाट साढे ५ सयभन्दा बढी कैदी भागेको बताइएको छ । त्यस्तै जुम्लाबाट समेत कैदी भागेको जानकारी प्राप्त भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’