संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

२०८२ भाद्र २५ बुधवार
सारांश
  • जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो ।

काठमाडौँ, २५ भाद्र । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

 

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो ।

 

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार