- सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् ।
काठमाडौँ, २४ भाद्र । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ । सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् ।
सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ ।
सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।