मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड
२०८२ भाद्र २४ मङ्गलवार
- जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरुमा तोडफोड र आगजनी भएको छ ।
काठमाडौँ, २४ भाद्र । जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरुमा तोडफोड र आगजनी भएको छ ।
सोमबार काठमान्डौमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरु प्रदर्शनमा उत्रेका छन् । सोही क्रममा मंगलबार (आज) जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरुले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गर्नुका साथै कार्यालय, सवारी साधनलगायतमा आगजनी गरेका छन् ।
युवाहरुले मधेश प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा तोडफोड गर्नुका साथै करीब २ दर्जन सवारी साधनमा आगो लगाएका छन् ।
युवाहरुले जनकपुरधामस्थित नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको निवास, एमालेका नेता रघुविर महासेठको घर, एमाले पार्टी कार्यालयमा पनि तोडफोड गर्नुका सागै आगजनी गरेका छन् ।
युवाहरुले केपी ओली मुर्दावाद, शेरवहादुर देउवा मुर्दाबाद, भ्रष्टाचार गर्न पाउँदैनलगायतका नारा लगाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।