आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

काठमाडौं: जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् । 


मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् । 


काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।


जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार