- जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन् ।
काठमाडौँ, ३४ भाद्र । जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन् ।
सिंहदरबारभित्र रहेका प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका हुन् । हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए ।
जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ ।
अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लगेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।