कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो ।

काठमाडौं  । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६  घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार