- उनले कांग्रेस नेतृत्वले गृहमन्त्री लेखकले तुरून्तै राजीनामा दिनु पर्ने र नदिएमा पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्ने बताएका छन्
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द राज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले हरेक आन्दोलनमा घुसपैठ, भिड सधै उत्तेजक हुन्छ भन्दै गृह प्रशासनले कसरी सम्हाल्ने भन्ने थाहा हुनुपर्ने बताएका छन् ।
उनले कांग्रेस नेतृत्वले गृहमन्त्री लेखकले तुरून्तै राजीनामा दिनु पर्ने र नदिएमा पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्ने बताएका छन् ।
उनले भनेका छन्-
हरेक आन्दोलनमा घुसपैठ, भिड सधै उत्तेजक हुन्छ । गृह प्रशासन सम्हाल्नेलाई थाहा हुनुपर्ने हो । राजधानीमा घन्टौं बाढीमा फसेकालाई उद्दार नगरेर बग्दा देखिनै गृहमन्त्रीको हैसियत थाहा थियो । आज १७ को हत्या भैसकेको छ ! झण्डै ६२/६३को आन्दोलनमा जति मारिएका छन । नेका सरकार छोड! गृहमन्त्रीलाई कारवाही गर !
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’