देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट :यो पोष्ट कुन भिपीएनबाट हो ?

२०८२ भाद्र २२ आईतवार
सारांश
  • सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

 

सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् । 

 

बालेनले भनेका छन्- 'यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,' बालेनले लेखेका छन्, 'सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!'

 

सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गरेपनि शिर्ष नेताहरुले आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट लगातार पोष्ट गरिरहेपछि आम मानिसमा आक्रोश उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार