राष्ट्रपति पौडेलबाट इन्द्रजात्राको अवलोकन

२०८२ भाद्र २१ शनिवार
सारांश
  • अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित देखिएका छन् ।

काठमाडौँ: काठमाडौंको बसन्तपुरमा शनिबार भइरहेको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन् ।

 

शनिबार दिउँसो बसन्तपुर पुगेर राष्ट्रपतिसहितले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।  इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्वागत गरेका थिए । तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने देखिएनन् ।

 

अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित देखिएका छन् ।

 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार