सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं: सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाट पक्राउ गरेको हो ।

 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार