सप्तकोशीमा पानीको बहाब बढ्यो, ३१ ढोका खोलियो

२०८२ भाद्र १६ सोमवार
सारांश
  • कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

विराटनगर: सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएको छ ।

 

आइतबार राति १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको थियो ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

 

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार