बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
२०८२ भाद्र १६ सोमवार
- गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।
रामेछाप : जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।
जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुने छ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
यस अघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्तसम्मको लागि लम्बिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।