दुई वर्ष भित्र रुद्रमति खोला पूर्ण रुपमा ढलमुक्त हुने: गगन थापा

२०८२ भाद्र १५ आइतवार
सारांश
  • दुई वर्ष भित्रमा रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

काठमाडौँ, १५ भाद्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताएका छन् ।

 

आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहमा बोल्दै उनले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणीत गर्नुपर्ने बताए ।

 

उनले भने,‘राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने जुन भाष्य जबरजस्त समाजमा निर्माण भएको छ । यो भाष्यलाई गलत सावित गर्ने कुरा हामीले अरुलाई गाली गरेर सम्भव नै छैन । राजनीतिक दलमा आवद्ध भएको मानिसले जहाँ–जहाँ सार्वजनिक जिम्मेवारी पाएको छ ,त्यहाँ यति उत्कृष्ट काम गरेर देखाउनुपर्छ की त्यो कामले त्यो भाष्य गलत हो भन्ने प्रमाणीत हुन्छ ।’

त्यस्तै उनले रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त गरी काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने पनि बताए ।  


दुई वर्ष भित्रमा रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने गरी तयारी भइरहेको उनले जानकारी दिए ।  

उनले भने,‘दुई वर्ष भित्रमा हामीले धोवी खोला भन्ने गरेको रुद्रमतिलाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा यसलाई लिएर जाने छौं । यही अनुसार हामीले काम गर्ने भनेर तयारी गरेको छौं । यसमा सुरुमा हामीले मुहानमा केही काम गर्नुपर्ने छ पहिलो त्यो काम गर्ने छौं । त्यसैगरी समुदाय स्तरमा हामीले सरसफाईको सानो– सानो केन्द्रहरु बनाउनुपर्नेछ । त्यसको लागि पनि हामीलाई जग्गाको आवश्यक पर्छ ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार