प्रतिनिधि सभामा उठ्यो उखु किसानको विषय

२०८२ भाद्र १३ शुक्रवार
सारांश
  • प्रतिनिधि सभाको आजको बैठकमा उखु किसानको विषय जोडदार रुपमा उठेको छ ।

काठमाडौँ, १३ भाद्र । प्रतिनिधि सभाको आजको बैठकमा उखु किसानको विषय जोडदार रुपमा उठेको छ ।

 

आजको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही, कांग्रेस सांसद एनपी साउद, एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठ, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र शक्ति बस्नेतलगायतले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

उनीहरुले सरकारले उखुमा घटाएको आधा अनुदान रकम पुरानै अवस्थामा ल्याउन माग गर्दै पुरानो बाँकी अनुदान भुक्तानी रकम तत्काल भुक्तानको व्यवस्था गर्न माग गरेका छन् ।

 

उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई—मधेशका १३ जिल्लाका उखु किसानहरू आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को उखु क्रसिङबापतको अनुदान रकम पुरानै दरमा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

 

नेपाल उखु उत्पादक महासंघका अनुसार, देशभरका १३ जिल्लाका किसानहरूले चिनी उद्योगमा उपलब्ध गराएको उखुको कुल एक अर्ब ६० करोड रुपियाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ । 

 

यसअघि सरकारले उखुको प्रति क्वीन्टल मूल्य ६५५ रुपियाँ तोकेको थियो । जसमा चिनी उद्योगले ५८५ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रति क्वीन्टल ३५ रुपियाँमा झारेपछि किसान असन्तुष्ट बनेका हुन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार