- गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।
मुगु: नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए ।
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।
डोल्फु क्षेत्रका स्थानीयबासीलाई कामको लागि शे–फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्ग बाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पीडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको गरेका हुन् । उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा.नं १ मा पर्ने गरेको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसित जोडिएको भु भागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसंग माग गरेको थियो । यो निकुञ्जसंगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’