- एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको हो ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको हो ।
साइबर ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए । ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ ।
वातावरणविद्का रूपमा परिचित डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।