विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र
२०८२ भाद्र १० मङ्गलवार
- राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् ।
काठमाडौँ, १० भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आइतबार जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई पत्र लेख्दै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन अनुरोध गर्दै उनले यस प्रयोजनका लागि चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् ।
यसका अतिरिक्त उक्त पत्रमा राष्ट्रपति पौडेलले नेपाल र जोर्डनबीच कायम रही आएको असल र मित्रवत सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनको लागि नेपाल सदैव प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, पत्रमा राष्ट्रपति पौडेलले राजा अब्दल्लाहले खाडी क्षेत्र र विश्वमा मानवीय मूल्य, द्वन्द्व व्यवस्थापन तथा अन्तर-साँस्कृतिक सौहार्दता कायम गर्न खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै नेपाल र जोर्डनबीच व्यापार, लगानी, पर्यटन, श्रम आप्रवासन, साँस्कृतिक आदान-प्रदान तथा जनस्तरको सम्बन्ध विस्तार लगायत आपसी हितका विविध क्षेत्रमा सहकार्य गर्न सकिने प्रचुर सम्भावना रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले बताएको छ ।
यसअघि इजरायल सरकारको प्रायोजन तथा निमन्त्रणा र नेपाल सरकारको सहयोगमा इजरायल भ्रमण गरी त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतका उच्च पदाधिकारीहरुसँग भेटघाट गरी विपिन जोशीको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन अनुरोध गरी नेपाल फर्किएका निज जोशीका आमा पद्मा कुमारी जोशी र बहिनी पुष्षा जोशीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गरेका थिए ।
जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि गरिएका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकीन हुन नसकेको परराष्ट्रले जानकारी दिएको छ । निजको अवस्था पत्ता लगाई हमासको कब्जाबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने मन्त्रलयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।