राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

९ भाद्र, २०८२, सोमवार
सारांश
  • सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् ।

 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार