भैरहवाबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्रामसहित भारतीय नागरिक पक्राउ
२०८२ भाद्र ०२ सोमवार
- उनले पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको बताए ।
बुटवल: रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले घटना बारे जानकारी दिदै नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको बताए ।
उनले पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको बताए । उनीसँगबाट त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सीटीईभीटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ ।
त्यसैगरी भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १२ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।