मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

२०८२ श्रावण २९ बिहिवार
सारांश
  • विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।

मुग्लिन : मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् ।

 

विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।

 

अहिले ढुंगा हटाउनको लागि डिभिजनबाट मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र केहि बेरमै ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने जानकारी सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

 

साथै वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार