पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर

२०८२ श्रावण २९ बिहिवार
सारांश
  • अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

काठमाडौँ : पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शुरू नियुक्ति भएको २०६६ को जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा यादव र उनको परिवारले २ करोड ६८ लाख १८ हजार ९ सय आम्दानी गरेको देखिएको तर उनको सो अवधिको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४५३ देखिएको उल्लेख गर्दै ९६ लाख ८५ हजार ५५३ को स्रोत नखुलेको पाइएको जनाएको छ ।

 

अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार