- भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।
रामेछाप : मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् ।
भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए ।
बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए । नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन् । ‘नदीको पानीमा अलि तलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्,’ उनले भने ।
घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । स्थानीय र प्रहरी खोजी गरिरहेका छन् ।
वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।