जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छः प्रधानमन्त्री ओली
२०८२ श्रावण २४ शनिवार
- प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना दिएका छन् ।
काठमाडौँ, २३ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने उल्लेख गर्दै जनै पूर्णिमा र रक्षा बन्धनको शुभकामना दिएका हुन् ।
त्यस्तै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने गरको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन् । जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ । सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना ! सबैको जय होस् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।