बूढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइयोले लिए सपथ
२०८२ श्रावण २३ शुक्रवार
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सपथ ग्रहण गराएका छन् ।
काठमाडौँ : बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सपथ ग्रहण गराएका छन् ।
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ । त्यसैले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।
मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै, रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे ।
साथै, आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा पनि उनले जोड दिए ।
उनले भने, ‘ झण्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिंचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ ।
यस्तो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो ’ ।
समारोहमा मन्त्रालयकी सिंचाई सचिव सरिता दवाडी, सहसचिवहरु, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।