- गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ ।
गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरेर बागमती नदीको झोलंगे पुल नजिक नुहाउने क्रममा भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंह बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी थालेको थियो ।
शनिबार दिउँसो ३ बजेको समयमा नुहाउन गएका सिंहलाई पानीको भेलले बगाएको हो । सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा आइतबार बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिममा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पु¥याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’