आगलागीले बनाना रिसोर्ट ध्वस्त

२०८२ श्रावण १७ शनिवार
सारांश
  • आगलगीको मूख्य कारण थाहा नभएपनि बिजुलीबाट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

रौतहट : रौतहटको ईशनाथ-२ स्थित बनाना रिसोर्टमा आगलागि भएको छ । शनिबार विहान भएको आगलागीमा करिब ४० लाखको आटी भएको बताइएको छ ।

 

रिसोर्टका संचालक राकेस गुप्ताका रिसोर्टमा करिब १५ लाख रूपैया बराबरको विभिन्न कृषिमा प्रयोग हुने मेशीनहरू र खाधान्न, फर्निचर, फ्रिजहरू लगायतका समानहरू जलेर नष्ट भएको छ । घटनाका जानकारी हुनासाथ स्थानीय, प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलगीको मूख्य कारण थाहा नभएपनि बिजुलीबाट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

बनाना रिसोर्टमा मानिसहरू केराबाट बनेका विभिन्न परिकारको स्वाद लिने गर्दथे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार