नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

२०८२ श्रावण १३ मङ्गलवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् । मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ ।

नवलपुर : नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् । मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ । 

 

नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडेर नदीमा हाम फालेको बताइएको छ  । हाल सशस्त्र प्रहरी वल १७ नम्बर गण आँपटारी चितवनबाट खटिएको गोताखोरको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार