सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनालेआपतकालीन कार्यक्रम सञ्चालन गर्ने
२०८२ श्रावण ११ आईतवार
- यस कार्यमा स्थानीय सरकार र खानेपानी विभागको प्राविधिक नेतृत्वमार्फत निष्पक्ष वितरण सुनिश्चित गरिने बताइएको छ ।
काठमाडौँ: बेलायत सरकार (एससीडीओ) अन्तर्गत सञ्चालित 'रेन' कार्यक्रममार्फत स्टार्ट फण्ड नेपाल परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, र सप्तरी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम कुल २ करोड ६० लाख ३३ हजार ४७६ बजेट रहेको छ।
नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्टार्ट फण्ड नेपाल परियोजनाले यो कार्यक्रम गर्ने भएको हो ।
आपतकालीन कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारसँगको समन्वयमा आपतकालीन गुणस्तरीय खानेपानी ढुवानी सेवा सुचारु गर्ने रणनीतिक स्थानहरूमा गहिरा बोरहोल निर्माणको सम्भाव्यता मूल्यांकन गरिने र यस कार्यमा स्थानीय सरकार र खानेपानी विभागको प्राविधिक नेतृत्वमार्फत निष्पक्ष वितरण सुनिश्चित गरिने बताइएको छ ।
त्यसैगरी जीविकोपार्जन पुनःस्थापना: कृषिमा (धानबाली) परेको असर न्यूनीकरण गर्न तत्काल तथा मध्यम अवधि सहयोग प्रदान गर्ने र यस अन्तर्गत कृषि मजदुरहरूलाई लक्षित गर्दै उत्पादनशील पूर्वाधार (जस्तै: सिँचाइ तथा पानी आपूर्ति) पुनःस्थापना कार्यका लागि 'क्यास फर वर्क' कार्यक्रम सञ्चालन गर्ने। साथै, प्राविधिक साझेदारको समन्वयमा वैकल्पिक बालीको प्रवर्द्धन गर्ने जानकारी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।