गत आर्थिक बर्षमा अख्तियारमा २८ हजार ५९७ उजुरी, स्थानीय तहविरुद्ध सबैभन्दा बढी
२०८२ श्रावण ९ शुक्रवार
- प्राप्त उजुरीमध्ये संघीय सरकारसँग सम्बन्धित ३४ प्रतिशत, प्रदेश सरकारसँग सम्बन्धित १२ प्रतिशत र स्थानीय तहसँग सम्बन्धित ५४ प्रतिशत रहेका छन् ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०८१-८२ मा २८ हजार ५९७ उजुरी परेका छन् ।
आयोगले गत आर्थिक बर्षमा बिभिन्न माध्यमबाट २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ४२९ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३७ हजार २६ रहेको जानकारी दिएको छ ।
शुक्रबार अख्तियारले गरेको आफ्नो बार्षिक समिक्षामा यो रिपोर्ट दिएको हो । प्राप्त उजुरीमध्ये संघीय सरकारसँग सम्बन्धित ३४ प्रतिशत, प्रदेश सरकारसँग सम्बन्धित १२ प्रतिशत र स्थानीय तहसँग सम्बन्धित ५४ प्रतिशत रहेका छन् ।
अख्तियारले उजुरी प्राप्त हुने बिभिन्न माध्यमहरु मध्ये सबै भन्दा बढी उजुरी आयोगको वेबसाइटबाट १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत ८ हजार ४८८, हुलाक सेवाबाट ५ हजार ५५५ समेत गरी अन्य माध्यमहरु टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट २ हजार ५५८ उजुरी प्राप्त भएको जानकारी दिएको छ ।
त्यस्तै अख्तियारले आयोगमा प्राप्त ३७ हजार २६ कुल उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ अर्थात ८० प्रतिशत उजुरी फर्छ्यौट भएको र बाँकी ७ हजार ३२३ चालु आर्थिक बर्षमा जिम्मेवारी सरेर आएको जनाएको छ । प्राप्त उजुरी मध्ये ६ हजार ७१५ बिभिन्न निकायमा आवश्यक कारबाहीको लागि लेखि पठाइएको र ५८६ सुझाबसहित कार्यान्वयनको लागि लेखि पठाइएको जनाइएको छ ।
आर्थिक वर्ष २०८१-८२ मा आयोगले ८१ वटा बैंठक बसेर १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा एक हजार ४११ वटा निर्णयहरू गरेको छ । विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकोमा कुल ७५३ जना प्रतिवादी बनाई ५ अर्ब ९७ करोड ७३ लाख ८ हजार ८३८ रुपैयाँ बिगो मागदाबी लिइएको छ भने ती मध्ये घुस/सँग सम्बन्धित ३७ वटा, गैरकानुनी लाभ वा हानीसँग सम्बन्धित ३६ वटा, झुट्टा-नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २३ वटा, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ८ वटा, सम्पत्ति शुद्धीकरण सम्वन्धी २ वटा र विविध विषयका ४ वटा रहेको अख्तियारले जनाएको छ ।
त्यस्तै रंगेहात कारबाही २२ वटा भएकोमा ३३ जना व्यक्तिहरु नियन्त्रणमा लिई निजहरुबाट ५५ लाख १० हजार रकम वरामद भएको छ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि आयोगबाट ३ वटा प्रदेशस्तरीय, १३ वटा जिल्लास्तरीय र १४३ वटा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।