सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

२०८२ श्रावण ०७बुधवार
सारांश
  • नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।

काठमाडौं : काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

 
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।


सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण गर्न पाइँदैन र गरिएमा ती संरचना बिना क्षतिपूर्ति हटाइनेछ। यसअघि पटक–पटक सूचना दिँदासमेत अटेरी गरेकाले यो अन्तिम सूचना भएको काठमाडौं महानगरले स्पष्ट पारेको छ । 


निर्धारित समयभित्र स्वेच्छाले हटाइएको खण्डमा कुनै कारबाही नहुने तर म्यादभित्र हटाइएन भने २०७८ सालको राजपत्र तथा प्रचलित कानुन बमोजिम बाध्यात्मक रूपमा हटाइने, त्यसबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार