फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
२०८२ साउन ३ शनिवार
- सेन्टरले आज यहाँ आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।
काठमाडौँ, ३ साउनः नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ ।
सेन्टरले आज यहाँ आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा तेजबहादुर कार्कीले अनुसन्धान र खोज तथा यसको प्रकाशनमार्फत ज्ञानको सिर्जना र प्रचारप्रसारमा सेन्टरले सहयोगी निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले संस्थाको प्रभावकारिता पछिल्लो समय सशक्त र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा यसको पहिचान स्थापित गराउन ऐतिहासिक पहल थालिएको बताए।
संस्थाका उपाध्यक्ष डा दशरथ न्यौपानेले सेन्टरबाट प्रकाशित बहुविषयक ‘जर्नल’हरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिसकेका उल्लेख गर्दै स्वदेश तथा विदेशमा यसले सकारात्मक प्रभाव परिरहेको जानकारी दिए। उनले जर्नलमा प्रकाशित लेखमा विद्वानहरूको सहभागिता बढ्दै गएको उल्लेख गरे। संस्थाले अब मातृभाषामा शोध प्रकाशन थालनी गर्दै अनुसन्धानको पहुँच विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको उनको भनाइ छ ।
कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने धारणा राख्नुभएको थियो ।
वैज्ञानिक तथा समाजशास्त्रीय अनुसन्धानले राष्ट्रिय नीति निर्माणदेखि व्यवहारिक जीवनमासमेत सकारात्मक प्रभाव पार्ने भन्दै यो दिशामा संस्थाले अघि सारेका पहल प्रशंसायोग्य रहेको वक्ताहरूको भनाइ थियो । राज्यले अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा ठोस कदन नचालेकोप्रति सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका थिए ।
रिसर्च सेन्टरले बहुविषयक अनुसन्धानमा आधारित जर्नलहरू नियमित रूपमा प्रकाशन गर्दै आइरहेको छ । संस्थाले समाजशास्त्र, व्यवस्थापन, राजनीति, सूचना प्रविधि, वातावरण, स्वास्थ्य, कानुन, शिक्षालगायत विविध क्षेत्रमा आधारित भएर अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।